शुक्रबार, चैत १६, २०८०

खराब अवस्था आउन नदिन नोभेम्वर ३० बाट विदेशीलाई जापान प्रवेशमा पुन: प्रतिबन्ध

टोकियो । कोरोना भाईरसको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वभर फैलन थालेसँगै जापानले विदेशी प्रबेशमा प्रतिबन्ध लगाउने भएको छ । जापानले नोभेम्वर ३० तारिख मध्यरातबाट विदेशी नागरिकहरूलाई नयाँ प्रवेशमा प्रतिबन्ध लगाउन लागेको हो ।

सोमवार प्रतिबन्धको घोषणा गर्दै जापानका प्रधामन्त्री फुमियो किशिदाले देशमा खराब अवस्था आउन नदिन हामीले आपतकालिन निर्णय गरेका छौं ।

जापान सरकारले कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमण देशमा छिर्न नदिन भन्दै नयाँ भिषा बाहक विदेशी नागरिकहरूले सबै प्रवेशहरू रोक्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री किशिदाले सोमबार पत्रकारहरूलाई सरकारले ओमिक्रोन भेरियन्टको खतरासँग संकटको कडा भावनाका साथ काम गरिरहेको बताएका छन् ।
नोभेम्वर महिनाको सुरुमा जापानले विद्यार्थी, कामदार र पर्यटकको लागि खुला गर्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ फैलन थालेपछि जापानले यस्तो निर्णय लिएको हो ।

प्रधानमन्त्री किसिदाले नयाँ भेरिएन्टबारे थप जानकारी नआइञ्जेल मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नियम कडाइसँग पालना गर्न आग्रह गरेका छन् ।