मङ्गलबार, बैशाख ०८, २०८३

मगर संघ जापानको पहलमा १ लाख ८२ हजार कोभिड पीडित पुनलाई सहयोग

टोकियो । लामो समय अघिबाट कोभिड १९ पिडित ज्ञान पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
नेपाल मगर संघ जापानको पहलमा नेपाल मगर संघ जापान क्षेत्रीय समिती तोकाई र नेपाल मगर संघ जापान क्षेत्रीय समिती सिजुओकाको सहकार्यमा कोभिड १९ पीडित ज्ञान पुनलाई आर्थिक सहयोग गरिएको हो ।

कुकको रूपमा काम गर्दै आएको पुन २ महिनादेखि कोभिड सङ्क्रमण भएर फोक्सो झन्डै ९५ प्रतिशत जलिसकेको अवस्थामा अस्पताल भर्ना भएका थिए । उपचार निकै खर्चिलो भएको कुरा थाहा पाए पछि नेपाल मगर संघ जापानले यही अवस्थालाई मध्यनजर गर्दै आर्थिक भारलाई केही हदसम्म सहायता मिलोस् भन्ने उद्देश्यलेका साथ आर्थिक सहयोग सङ्कलन अभियान चलाएको थियो ।

उक्त अभियानको संयोजक नेपाल मगर संघ जापानका सहकोषाध्यक्ष सबिनबाबु मगर हुनुहुन्थ्यो । बिरामी ज्ञान पुन मगरको श्रीमतीसंग भेटी बिरामिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संकलित सहयोग रक़म १,८२,००० अर्थात एक लाख बयासी हजार येन संस्थाका अध्यक्ष ओम काउचा मगर, क्षेत्रीय समिति कान्तोका अध्यक्ष मनिस मगर र यस अभियान का संयोजक सबीनबाबु मगरको उपस्थितिमा हस्तान्तरण गरीएको छ । अभियानमा सहयोग गर्नु हुने जापानवासी सम्पुर्ण मगर समुदायप्रति सबिन बावु मगरले हार्दिक आभार तथा धन्यवाद ब्यक्त गरेको छ ।

अहिले बिरामी टोकियो उमन्स मेडिकल युनिभर्सिटी याचियो मेडिकल सेन्टर चिवाको अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार बिरामीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।