जापान । नेपाली जनप्रगतिशिल मञ्च जापानको आज क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपाली जनप्रगतिशिल मञ्चमा आबद्ध नेपालीहरुको क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशन फुकुओका मिनोसिमा एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
नेपाली जनप्रगतिशिल मञ्च जापानका सचिब शालिकराम भण्डारीको प्रमुख अतिथि, हाम्रो नेपाल हामी नेपाली जापानका संयोजक फुकुओकाका अभिभाबक धर्मराज अधिकारी, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य टंक गैरे, नेपाल जापान फ्रेण्डसिप लायन्स क्लबका निवर्तमान अध्यक्ष सन्तोष थापा र गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमितिका सल्लाहकार छत्र दाहालको बिषेश अतिथि तथा फुकुओकामा रहेका बिभिन्न संघसंस्थाका क्षेत्रिय संयोजक तथा अध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
यस्तै नेपालबाट बिषेश अतिथिको रुपमा नेकपा माओबादी केन्द्रका प्रबास समन्वय कमिटिका सचिब टिबि पाठकको समेत जुम भर्चुअल माध्यमबाट सहभागिता रहेको थियो । उक्त कार्यकममा बोल्दै बिभिन्न बक्ताहरुले प्रबासमो बसेर नेपाली राजनिति भित्र देखिएका बिभिन्न ब्यतिथि, राजनितिक अराजकता प्रति खबरदारी गर्दै नेतृत्वलाई सतर्क र सहि निर्णय गराउन प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।
चौथो क्षेत्रिय अधिबेशनबाट भिम बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ बनेको कार्यसमितिमा अध्यक्षमा भीम बुढाथोकी, उपाध्यक्षमा मुक्तिनाथ ढकाल, संजय पौडेल, पवन अधिकारी चयन भएका छन भने सचिबमा रोशन भट्टराई सर्वसम्मत चयन भएका छन । यस्तै सह–सचिबमा दिपक राज चौलागाई, कमल बुढा र तिलाराम ढकाल चयन भएका छन । कोषध्यक्षमा बिमल सापकोटा र सह–कोषध्यक्षमा रमेश रायमाझि चयन भएका छन ।
सदस्यहरुमा भने नरेश गुरुङ्ग, अनिस पाख्रिङ्ग, खेम बहादुर मगर, कृष्ण बस्नेत, दिपक क्षेष्ठ, होमनाथ राजवंशी, प्रज्वल चौलागाई, निरञ्जन बुढा मगर, अर्जुन परियार, नारायण अधिकारी र प्रतिमा प्रसाई चयन भएका छन ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली जनप्रगतिशिल मञ्च जापानका सचिब शालिकराम भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
नेपाली जनप्रगतिशिल मञ्च जापान क्युस्यु क्षेत्रिय कार्यसमितिको कार्यक्रम संचालन सन्तमान शाक्यले गर्नु भएको थियो ।

