मङ्गलबार, बैशाख ०८, २०८३

जनजाति महासंघ दक्षिण कोरियाको ७ औं अधिवेशन सम्पन्न, अध्यक्षमा विक्रम राना

कोरिया । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ७ औं अधिवेशन सम्पन्न भएको छ । नोभेम्बर ७ तारिख भर्चुअल र भौतिक उपस्थित भएर सम्पन्न अधिवेशनले विक्रम रानाको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ ।

अध्यक्ष विक्रम रानासँगै उपाध्यक्ष विसान राई, उपाध्यक्ष सोनाम शेर्पा, महासचिव प्रितम लिम्बू, कोषाध्यक्ष देवेन्द्र काङभा लिम्बू, रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा दिपक मगर, रविन बान्तवा, सूर्य रुम्बा चयन भएका छन् ।