मङ्गलबार, बैशाख ०८, २०८३

नेपालको चर्चित कलाकारहरुको मनोरञ्जन सहित शुभकामना साँझ हुने

जापान । तिहारको विशेष अवसरमा नेपालका चर्चित कलाकारहरुको मनोरंजन सहित आज शुभकामना साँझ हुने भएको छ ।
नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दीपावलीको अवसर पारेर तिहार, छठ, ल्होसार तथा नेपाल सम्वतको उपलक्ष्यमा एनआरएनए अभियान्ता शुभकामना आदान-प्रदान कार्यक्रम हुन लागेको हो ।

गैरआवसीय नेपाली संघको डाक्टर बद्री केसी टिम ब्यबस्थापन तथा प्रचार प्रसार समितिले संयोजन गरेको उक्त कार्यक्रमको विभिन्न देशका अध्यक्षहरु सहभागि हुने शुभकामना आदान-प्रदान सहित मनोरंजन कार्यक्रम गरिने जापानबाट एनआरएनए अभियन्ता समाजसेवी ओम गुरुङले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपालको कमेडी च्याम्पियन २०२१ का विजेता भरतमणि पौडेल, दोहोरी गायक विष्णु खत्री, पूर्णकला विसि, बैकुन्ड महत, विश्व नेपाली लगायत कलाकारहरुको जोडदार प्रस्तुती रहने छ ।

अनलाईन भर्चुअल्ली जुमको माध्यमबाट संचालन हुने शुभकामना आदनप्रदान कार्यक्रममा आयोजकले एनआरएन भित्र भईरहेको राजनैतिक हस्तक्षेप विरुद्द एवं विधान अनुसार समयमा नै निर्वाचनका लागि दवाव दिन पनि एनआरएन अभियन्ताको भूमिकाका महत्वपूर्ण हुने आयोजकले जनाएको छ ।

कार्यक्रम :
मितिः ४ नोभेम्बर २०२१ (बिहिबार)
समयः सांझ ६ बजे (नेपाली समय)
माध्यमः ज़ूम
Meeting ID: 822 6632 8937
Passcode: 2021
प्राथी:
बद्री केसी टिम ब्यबस्थापन तथा प्रचार प्रसार समिति