शुक्रबार, चैत १६, २०८०

नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने चीनको घोषणा

काठमाडौं । चीन सरकारले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन सम्वाद चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेका हुन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार कुराकानीमा परराष्ट्रमन्त्री र चिनियाँ विदेशमन्त्री यीबीच दुईपक्षीय सम्बन्ध, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।