कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ८४५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या आठ लाख ९८ हजार आठ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८४५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७८०७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११२७८ पुगेको छ । क्वारेन्टाइनमा २३१ जना छन् भने आइसोलेसनमा १२५९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: