नेपाल मगर संघ जापानको २०औं महाधिवेशन सम्पन्न, अध्यक्षमा ओम काउचा

टोकियो । नेपाल मगर संघ जापानको २०औं महाधिवेशन सम्पन्न भएको छ । टोकियोमा अक्टुबर १० तारिख सम्पन्न महाधिवेशनबाट अध्यक्षमा ओम काउचा मगर निर्वाचित हुनु भएको छ ।

मगर संघ जापानको २०१८ मा भएको ऐतिहासिक एकता सहितको १९औं महाधिवेशनले नविन थापा मगरको अध्यक्षतामा कार्यमिति गठन भएको थियो । जसनुसार २०२० मा महाधिवेशन गरेर नयाँ कार्यसमिति गठन गरीनु पर्नेमा कोभिड १९ को कारण पटक पटक सर्दै आउँदा करीब एक बर्ष ढिलो हुन पुगेको संघले जनाएको छ ।

टोकियो स्थित रोयलगार्डेन रेष्टुरेण्टमा आयोजना भएको महाधिवेशनबाट अध्यक्षमा ओम काउचामगर सहित बरिष्ठ उपाध्यक्ष बिजय थपामगर, उपाध्यक्षद्वयमा प्रेम प्रकास रोका मगर, दीपा पुन मगर साथै महिला उपाध्यक्ष अनु मगर चयन हुनु भएको छ ।

संघका महासचिबमा रामहरि खपांगीमगर, दुई सचिबमा रुद्र थापा मगर, बीबेकमान रोका मगर चयन हुनु भएको हो ।
त्यसै गरि कोषाध्यक्ष भिक्टर ठाडामगर, सहकोषाध्यक्ष सबिन थापामगर, प्रबक्ता महेन्द्र खपांगी मगर, बिदेश बिभाग प्रमुख सुनीता श्रीस मगर र सदस्य सगुन सूर्यबंशि मगर, अनुज मगर, प्रिन्स पुन मगर छन ।
नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीब राईको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनमा नेपाल मगर संघ जापानका सल्लाहकारहरु लक्ष्मण घर्ती मगर, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तथा समुद्रापारि डट कमका प्रधानसम्पादक तिलक मल्ल, मातृ सन्देश डट कमका अध्यक्ष/ प्रधानसम्पादक शान्त पहरी, नेपाल तामाङ समाजका अध्यक्ष रूबीना तामाङ, तमु धी जापानका महासचिव चित्र गुरुङ, जनजाति महासंघ जापान कांतोंका अध्यक्ष कर्साङ तामाङ लगाएको अतिथिको रूपमा उपस्थित रहेको थियो ।

कार्यक्रम संघका अध्यक्ष नबिन थापा मगरको सभापतित्वमा रामहरी खपांगी मगरले संचालन गरि सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: