एनआरएनएमा कुल आचार्य टिमलाई जिताउन काँग्रेसको सर्कुलर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस खुलेरै लागेका छन् । आचार्यको पक्षमा लाग्न काँग्रेस पार्टीले विश्वभरका आफू निकट एनआरएनएलाई सर्कुलर नै जारी गरेपछि एनआरएनए चुनावको माहोल थप तातिएको हो ।

नेपालमा भएको सत्ता गठबन्धनअनुसार नै एनआरएनएमा पनि गठबन्धन गर्नुपर्ने नीतिका साथ काँग्रेसले सर्कुलर गरेर चुनाव आफूअनुकुल बनाउने दाउमा देखिएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यालयले असोज १५ गते विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर पठाएर लोकतन्त्रवादी समूहलाई विजयी गराउन आग्रह गरेको छ ।
लोकतन्त्रवादी समूहलाई विजयी गराउन तथा आवश्यक समन्वय गर्नका लागि काँग्रेसका तर्फबाट गठित पूर्णबहादुर खड्का नेतृत्वको समितिको बैठकको निर्णयअनुसार सर्कुलर गरिएको छ । सो सर्कुलरमा आचार्य नेतृत्वको प्यानललाई जिताउन आ–आफ्नो देशभित्र रहेका साथीहरुसँग आवश्यक समन्वय र सहयोग गर्नका लागि अपील गरिएको छ । साथै युरोप, एसिया, अमेरिका, अफ्रिका, मध्यपूर्व र ओशिनिया क्षेत्रका देशहरुमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ ।
युरोप क्षेत्रका लागि प्रकाशशरण महत र गगन थापा, एशिया क्षेत्रका लागि अर्जुन नरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका क्षेत्रका लागि मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्रका लागि गोविन्द भट्टराई र विश्वप्रकाश शर्मा, ओसिनिया क्षेत्रका लागि सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरित सर्कुलरमा उल्लेख छ ।

यसैगरी माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठकको निर्णयको मर्मअनुसार नेपालकै गठबन्धन बनाएर एनआरएनएमा लागिपर्न प्रवासका कमिटीहरूलाई आन्तरिक सर्कुलर गरिसकेको छ । गत असोज ६ गते बसेको स्थायी कमिटीको बैठकअनुसार माओवादीको प्रवास समन्वय कमिटीले सो आन्तरिक सर्कुलर जारी गरेको स्रोतले बताएको छ ।

काँग्रेस र माओवादी केन्द्रले गठबन्धनलाई जिताउन आधिकारिक रुपमै पहल थालेपछि एनआरएनएमा हलचल मच्चिएको छ । अहिले बद्री केसी समूहमा हलचल भएको छ । केसी समूहमा माओवादी निकट केही उम्मेदवार अझैपनि लागिरहेको अवस्थामा अब के गर्ने भन्नेबारे आन्तरिक छलफल सुरु भएको केसी निकट स्रोतले बतायो । केसी एमाले ओली निकटका उम्मेदवार हुन ।

केसी समूहले चुनाव आफ्नो पक्षमा पार्नका लागि काँग्रेस र माओवादी निकटका अभियन्तालाई आफ्नो पक्षमा तान्न काँग्रेस र माओवादीलाई आफनो समुहलाई समर्थन गराउन सबैलाई समेटेर समाबशी टिम बनाएको थियो
आगामी अक्टुबर २३ २५ मा हुने एनआरएनएको निर्वाचनमा कुल आचार्य, बद्री केसी र रविना थापा चुनावी मैदानमा छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: