एनआरएनएको महत्व र हाम्रो भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने

जापान : गैरआवासीय नेपाली दिवस (एनआरएनए डे) को अवसरमा गैरआवासीय नेपाली संघ, (एनआरएनए) जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले ‘एनआरएनएको महत्व र हाम्रो भूमिका” विषयक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न भएको छ ।
हरेक वर्ष असोज २५ गते मनाउदै आएको गैरआवासीय दिवस (NRNA DAY) अक्टोबर ११ क़ा दिन एनआरएनएको स्थापना भएको १८ वर्ष भएको सन्दर्भमा संस्थाले स्थापना कालमा परिकल्पना गरेको अवधारणा र आजको दिनमा भईरहेको यसको कार्य योजना बारे एनआरएनएका संस्थापक देखि हालका नेतृत्व एवं एनआरएनए सँग सम्बन्धित व्यक्तित्वहरुसँग बिशेष अन्तरक्रिया हुने अर्जुन बगालेले जानकारी गराए ।

कार्यक्रममा प्रमुख वक्ता गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचन रहने बताईएको छ । के एनआरएनएले स्थापना कालमा परिकल्पना गरिएको एनआरएनएको मर्म बमोजिम कार्य गरेको छ त ? अब यसको सुधार गर्नुपर्ने कुराहरु के के छन् ? जस्ता बिषयमा अन्तरक्रियात्मक छलफल गरि विश्वको ८० भन्दा बढी देशमा “नेपालीको लागी नेपाली “ भन्ने मुल नारा बोकेर फैलिएको यस संस्थाको समीक्षा गरिने बताईएको छ ।
कार्यक्रममा एनआरएनएमा भएका विकृति र विसंगतीको न्यूनीकरणका निमित्त के-कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने बारेमा पनि कार्यक्रममा बहस हुने जनाईएको छ ।

सोही कार्यक्रममा एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले आयोजना गरेको जापानव्यापी निबन्ध प्रतियोगितामा प्राप्त भएका निबन्धहरु संकलन गरी तयार गरिएको “मैले चिनेको र चाहेको एनआरएनए निबन्ध संग्रह ” पुस्तिका पनि बिमोचन समेत गरिने सूचनामा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: