शनिबार, बैशाख ०८, २०८१

एनआरएनए निर्वाचन तोकिएकै समयमा गर्ने : अध्यक्ष पन्त, अदालत जाने चेतावानी

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए अध्यक्ष कुमार पन्तले राजनीतिक दवावमा परराष्ट्र मन्त्रालयले एनआरएनको निर्वाचन प्रक्रिया रोक्न पत्र पठाएको बताएका छन् ।
उनले यसविरुद्व अदालत जाने चेतावानी समेत दिएका छन् ।

एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्रमार्फत निर्देशन दिएको थियो ।

भदौ २५ गतेको पत्रमा यस सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले समिति गठन गरेको जानकारी समेत छ । एनआरएनएको महाधिवेशन किन र कसरी रोकिए हो, काठमाडौं गएर टेबुल टक गर्ने अध्यक्ष पन्तले अनलाइनखबरको कुराकानीको शिलशिलामा भनेका छन् ।

पन्तका अनुसार एनआरएनको निर्वाचन अक्टोवर २० मा हुन्छ र हुनुपर्छ । तोकिएकै समयमा निर्वाचन गर्ने हाम्रो बटमलाइन हो ।