नेपालमा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ९९४जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८ लाख ६२ हजार ९४६ पुगेको छ ।
त्यस्तै १३६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।
क्वारेन्टाइनमा ३१७ जना रहेका छन् भने आइसोलेसनमा २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । यस्तै, कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिका झण्डै दोब्बरले कोरोनो सङ्क्रमित भएका छन् ।

