रविन्द्र मिश्रलाई पत्र : युवाहरुलाई राजनैतिक झण्डा बोक्न लगाउनु हुँदैन

रबिन्द्र मिश्र सर हजुरलाई म यो पत्र लेख्दै छु ।
औपचारिकताको लागि मात्र भएपनि मेरो नमस्कार हजुरको लागि देखावटि लाग्न सक्छ , त्यसैले सादर प्रणाम गर्छु ।

देशका गतिला दुई चार थान मान्छेहरुले नया पार्टीहरु खोल्दै जाने हो भने देशमा पार्टीको संख्या मात्र बढ्छ । सर ! कुनै दिन अन्तरबार्ता लिने बेला तिन दलहरु समेत नेपालको लागि आवश्यकता भन्दा बढि हो भनेर जिकिर गर्ने हजुर आज नया सिद्धान्त र पद्धतिमा जादै हुनुहुन्छ । फेसबुक , ट्युटर र वेबसाईट मात्र बर्तमान राजनीतिको थलो होईन ।

रबिन्द्र सर चर्चा एकातिर र कर्म अर्को तिर भैदियो भने राजनिति राजनिति जस्तो हुदैन । हजुर जस्तो बौद्धिक ब्याक्तिले अब कुनै पार्टी खोलेर हामी जस्ता युवाहरुलाई राजनैतिक झन्डा बोक्न लगाऊनु हुदैन भन्ने बिश्वासलाई मैले मेरो हृदयको कुनै कुनामा राखेको छु । मलाई बिश्वास छ हजुरसंग अथाह क्षमता छ , तर अन्तरवार्तामा जस्तो ईमोसनल बल्याकमेल नेपाली आम जनतामा नचलाऊनु होला ।
हामी सधियौ देखि धाटीएका छौ । किनकि त्यो सिद्दान्त रेडियो र टेलिभिजनमा मात्र सुहाऊछ । बिश्वले अन्तरिक्षमा यान परिक्षण र मानब पठाई रहदा हामि गतिलो राजनिति देशमा स्थापित गर्न सकेका छैनौ । सर कहिले काहि आगो धेरै फुकियो भने धुवा बढि निस्कन्छ जस्को असर घरमा मात्र होईन छिमेकमा पनि पर्छ । हजुरको राजनीतिक यात्रा धुवा धुवाले भरियको अगेना जस्तो नहोस जहाँ आगो फुकि रहेको ब्याक्ति स्वयम आफुनै त्यहि धुवामा रुमलियर भित्र हराऊन नपरोस । हजुरबाट धेरैले आशा राखेका छन ।

IMG_9007नढाटि भन्नु पर्छ यस्तै आशाहरुको सपना हामिले बाबुराम भट्टराईबाट पनि राखेका थियौ । हामिलाई बोलि र भाषण मा सिमित राजनिति होईन काम कर्तव्य र ब्यभारमा ऊतारियको पारदर्शीता सहितको राजनिति चाहिन्छ । हुन त कुनै नेता र जनता पनि राष्ट्र र राष्ट्रीय भावना बिपरित जानु हुदैन । हामि जनता ऊल्टा हौ या नेताहरु ऊल्टा ? यो बहसको बिषय को चरम उत्कर्ष हो । रबिन्द्र सर आखाले देखेका सबै कुराहरु सत्य र कानले सुनेका सबै कुराहरु साँचा हुन्छन भन्ने छैन तर पनि नेपालि राजनितिलाई मेरो पुस्ताले हृदयले महसुस गरेर बुझ्न चाहान्छ । सर एऊटा अचम्मको कुरा , मेरा हजुर बा राजनिति दलदल मा फसेर लाहुर भासिनु भो , मेरा बा राजनैतिक चपेटामा परेर लाहुरमै हुनुहुन्छ , मेरो दाई राजनिति नमिलेर खाडिमा छ , दीदी बहीनि र म पनि स्वयम् ! यो लेखिरहदा राजनैतिक हिसाबले भनौ परदेश मै छौ । सर , हामि घर देशमा घरको मेरुदण्ड कोहि पनि छैनौ भन्दा खल्लो लाग्न सक्छ । तर वास्तविकता यहि हो । देशको मेरुदण्ड भनेको युवा हो जो परदेशमा छ । देशको खेतियोग्य जमिन बाजै राखेर परदेशमा मरुभूमिमा अरुको लागि हरियो साग फलाई रहेका हामी ६० लाख युवाको पसिनाको गन्धलाई मेरो देशको राजनितिले कहिल्यै महसुस गर्न सकेन ।
रबिन्द्र सर एऊटा कुरा बिचार गर्नु भाछ ? कहिले काहि धेरै हावा लाग्यो भने पनि जाडो हुदैन नि , किनकि ऊस्लाई तेत्तिको मौसम र आबेग सहने बानि परेको हुन्छ ।

हो यसरिनै हामिलाई राजनितिका धेरै आरोह अबरोह र झोक्काहरु सहने बानि परेको छ । हामिलाई त बानि परिसकेको छ भनेर छोड्नु हुदैन छोडियो भने म जस्तै मेरो पछिल्लो पुस्ता पनि यहि दलदल र चपेटामा बाच्नु पर्छ । प्रत्येक ब्याक्तिमा बिलक्षण क्षमता र प्रतिभा हुन्छ ऊस्ले आफुलाई बेलैमा चिन्न सक्नु पर्छ । रबिन्द्र सर हजुर बिबिसी नेपाली सेवा जस्तै नेपालि राजनितिमा पनि उज्ज्वलमान रहनुहोला । मान्छेले केहि त्यागे पछि मात्रै सफलता पाऊछ , बुद्दले पनि दरबार त्यागेका थिए । नेपालि राजनितिले हजुरलाई महसुस गर्ने अबसर मिलोस र हामिले हजुरलाई गौरब गर्न सकियोस ।
पत्र लामो भएछ मलाई ड्युटिमा जानु छ सर , परदेशमा छु , खाजा खाने समय काटेर यो पत्र कोरेको हूँ ।

✍️✍️रबिन शर्मा
कुनपा १२ चुवा पर्बत
हाल टोकियो जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: