एनआरएनए आईसीसी कोषाध्यक्षमा जापानबाट अरुण श्रेष्ठले उम्मेदवारी दिने घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

एनआरएनए आईसीसी कोषाध्यक्षमा जापानबाट श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

प्रविधियुक्त, आर्थिक पारदर्शीता, उद्दमशीलता, र नेपाली एकताको संगठन बनाउने एजेन्डासहित श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
लामो समयअघि देखी जापानमा व्यावसायी गर्दै आउनु भएका श्रेष्ठ दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य रहनुभएको थियो ।

चितवन निवासी श्रेष्ठ जापानमा नेपाली ब्राण्डको सामग्रीहरु, नेपाली ब्राण्डको रक्सी लगाएत ब्यापार गरि मयूर कर्पोरेशन र ग्लोबल बजार बाट नुन देखी सुन सम्म ब्यवसायी गरेर जापानमा नेपाली स्थापित व्यवसायी हुन  ।

जापानमा सामाजिक क्षेत्रमा समेत सहयोगी मनका श्रेष्ठले संस्थालाई चलायमान र आर्थिक पारदर्शीको लागि कोषाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: