जापानका प्रकाश पौडेलसहित ४ जनालाई मोती पुरस्कार प्रदान गर्ने निणर्य

जापान । नेपाली साहित्यको महत्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कार जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहेका प्रकाश पौडेल माइला र नेपालमा बसेर संसारभरिका साहित्यकारलाई सेवा गरिरहेका महेश पौडेललाई प्रदान गर्ने निणर्य गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदान गर्दै आइएको युवा वर्ष मोति पुरस्कार पाउनेमा विराटनगर बसेर साहित्यमा सेवा गरिरहेका मीनकुमार नवोदित र काठमाडौँ बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई दिइने मोती पुरस्कार निर्णायक समितिले जनाएको छ ।

कोभिड- १९ का कारण गत वर्ष रोकिएको मोती पुरस्कारको घोषणा यसै वर्ष गरेका कारण एकै साथ चार जना युवा स्रष्टाले उक्त पुरस्कार पाएका छन् । निर्णायक मण्डलले २०७७ सालका लागि कवि, आख्यानकार, समालोचक एवं साहित्य अन्वेषक महेश पौड्याल र कवि एवं साहित्यिक पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने निणर्य गरेको हो । त्यसैगरि २०७८ सालका लागि संसारभरिका नेपाली भाषा र साहित्यकारको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष, वर्ड हाइकु एसोसिएसनका कार्यकारी सदस्य एवं हाइजिन प्रकाश पौडेल माइलालाई प्रदान गर्ने निणर्य गरिएको हो । पौडेलका साथमा काठमाडौँलाई कार्य क्षेत्र बनाएका कवि एवं गीतकार हेम प्रभासलाई पनि मोती पुरस्कार प्रदान गर्ने निणर्य गरिएको हो ।

पुरस्कारको राशी पचास हजार रुपैँया र प्रमाणपत्र रहेको छ । मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरुलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिन्छ ।

युवा वर्ष मोति पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो । पुरस्कार प्राप्त गर्ने महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: