एनआरएनए आईसीसी महासचिवमा बेलायतबाट बिनय अधिकारीको उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
अधिकारीले आगामी कार्यकालको लागि महासचिवमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

अधिकारीले संस्थामा बढ्दै गएको विकृति विसंगति अन्त्य गर्न, संस्थाभित्र रहेको सिण्डिकेटलाई तोड्दै विश्वभरिका सबै गैर आवासीय नेपालीहरुको साझा संस्था बनाउन आफ्नो उम्मेदवारी भएको बताउनु भयो । गैरआवासीय नेपाली संघका कतिपय मुद्धाहरु ओझेलमा परेको बताउँदै अधिकारीले एनआरएनएका प्रमुख मुद्धाको रुपमा रहेको गैर आवासीय नेपाली नागरिकताको विषयलाई कार्यान्वयन गर्न उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नु भयो ।
मध्यपूर्वका श्रमीकहरुका मुद्धालाई सशक्त ढंगले उठाउँदै वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउनका लागि पनि आफू लागिपर्ने बताउनु भयो । सरकार र एनआरएनएको संयुक्त लगानीमा नेपालमा गर्न लागिएको १० अर्ब फ्रन्टलाई ५० औ अर्व सम्म पुर्याउन आवश्यक भएकोमा जोड दिर्दै फ्रन्टको माध्यमबाट नेपालको आर्थिक सम्मृद्धि गर्न लागिपर्ने उहाँले बताउनु भयो ।
बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष समेत हुन ।
सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आउनुभएका अधिकारी नेपाल बाहिर रहेका नेपालीका साझा सबाल र मुद्दामा सचेत मात्रै नभई सूचित र वकालत पनि गर्दै आउनु भएको छ ।

डेढ दशकदेखि प्रवासमा रही विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अधिकारी एनआरएनए युकेमा उपमहासचिवको जिम्मेवारीसमेत पूरा गर्नु भएको थियो ।

अधिकारीले कोभिड १९ को महामारीमा नेपालमा महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको छ । गोरखा जिल्लामा अधिकारीको नेतृत्वमा ग्लोबल गोरखा समाजले १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरेको थियो । जसमा करोडौं वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, चितवनको चेपागं बस्तीमा पनि अधिकारीको नेतृत्वमा बेलायतबाट रकम संकलन गरि कोरोनाको कारण भोकमरीको अवस्थामा रहेका चेपाग बस्तीलाई लाखौ रकम वरावरको राहत सामाग्री वितरण गरेको बताउनु भएको छ ।
अधिकारीले गैरआवासीय नेपालीको नागरिकता, गैर आवासी नेपाली लगानी तथा ब्रिटिश भूपू गोर्खा सैनिकका सबालबारे बेलायतमा सम्पन्न महत्वपूर्ण कार्यक्रमको कुशल संयोजन गरेको बताउनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: