बेल्जियमबाट एनआरएनए आईसीसी उपाध्यक्षमा बरुवालले उम्मेदवारी दिने घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आईसीसी उपाध्यक्ष पदमा शिवकुमार बरुवालले उम्मेदवारी दिने भएका छन् ।
नेपालको म्याग्दी जिल्लामा जन्मिएका बरुवाल विगत १९ वर्षदेखि बेल्जियममा कार्यरत छन् ।

एनआरएनए बेल्जियम सन् २००५ मा स्थापना हुँदा बरुवाल संस्थापक सचिवालय सदस्य थिए । उनले बेल्जियम शाखाको महासचिव र आइसीसी सदस्य हुँदै युरोप क्षेत्रीय संयोजक भएर काम गरिसकेका छन् ।

एनआरएनलाई संस्थागत गर्न र संस्थालाई पारदर्शी तरिकाले विधि विधान र पद्धति अनुरुप चलाउदै राष्ट्रमा पूँजी र प्रविधि भित्राउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।
बरुवालले युरोप संयोजक हुँदा एनसीसीलाई सबल र सक्रिय बनाउन योगदान गरेका थिए। उनले दुई पटक युरोपेली सम्मेलन भब्यताका साथ सम्पन्न गराएका थिए ।
नेपालमा प्रबिधि, लगानी र पर्यटन प्रवद्र्धन गर्ने अभियानमा बरुवालको सक्रिय भूमिका थियो ।

बरुवाल बेल्जियममा नेपाली सामाग्रीको प्रवद्र्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीको डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर सफलतापुर्वक सञ्चालन गर्ने नेपाली हुन् ।
उनी बेल्जियमका ब्यवसायीलाई एकीकृत गरि सामुहिक रुपमा नेपालमा जलविद्युत, कृषि र पर्यटन क्षेत्रमा लगानी भित्र्याउने कार्यमा सक्रिय छन् ।

बरुवालले आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा हुन गैरहेको एन आरएनए आइसिसिको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दिने भएका हुन् । नेपालको म्याग्दी जिल्लाका बरुवाल विगत १९ वर्षदेखि बेल्जियममा बस्दै आइरहेका छन् ।

एनआरएनलाई संस्थागत गर्न र संस्थालाई पारदर्शि तरिकाले विधि बिधान र पद्धतिले अनुरुप चलाउदै एन आर एन ए मार्फत रास्ट्रमा पूंजी र प्रबिधि भित्राएर सुखी नेपाली समृद्ध नेपाल निर्माणका को अभियानमा हातेमालो गर्न आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए का छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: