एनआरएनए एसिया प्याशिफिक युवा संयोजकमा दीपक कँडेलले उम्मेद्वारी दिने घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौ विश्व सम्मेलन नजिकिएसँगै संघमा चुनावी सरगर्मी बढेको छ ।
विश्वभरिबाट एनआरएनए अभियन्ताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । यसै क्रममा एनआरएनए एसिया प्याशिफिक युवा संयोजकमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

जापानमा रही व्यवसायी गर्दै आउनुभएका कँडेल स्वच्छ छविका साथ समाजसेवामा हुनुहुन्छ । बर्तमान कार्यसमितिमा पनी एसिया प्याशिफिक युवा संयोजक रहनुभएका कँडेलले आगामी २०२१ २३ कार्यकालको लागी पुनः सोही पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको कँडेलले बताउनु भयो ।

युवाहरुका आवाजलाई सशक्त ढंगले उठाउँदै आउनुभएका कँडेलको पारदर्शिता र नेतृत्वमा पहिलो पटक एनआरएन स्तरीय विश्वब्यापी स्पीज कन्टेस्ट आयोजना गर्दै दोस्रो पुस्तालाई एनआरएनएमा आबद्ध गराउने कार्यको शूरुवात गरिएको थियो ।

एनआरएनएको बिश्व सम्मेलन आगामी अक्टोवर २३ देखि २५ तारिख सम्म हुने छ ्र

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: