नेपालमा थप २०६५ मा कोरोना संक्रमण,२५ को मृत्यु,२३३७ संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ । त्यस्तै शुक्रबार २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८ हजार २३० पुगेको छ ।

कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ । क्वारेन्टाइनमा ३३७ जना रहेका छन् भने आइसोलेसनमा ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ  ।

यस्तै, मन्त्रालयका अनुसार शुक्रबार १ लाख ७९ हजार ८६५ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। यससँगै देशभर खोपको पहिलो डोज लगाउनेको संख्या ५० लाख ६३ हजार ५२२ पुगेको छ। ४० लाख ५२ हजार ७६५ जनाले कोरोनाविरुद्ध खोपको पूर्ण डोज लगाएका छन्।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: