कोरोना संक्रमणबाट २६ जनाको मृत्यु, १९२९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८ लाख ३६ हजार ८८३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७०५८९३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०६३८ पुगेको छ । क्वारेन्टाइनमा ३६६ जना रहेका छन् भने आइसोलेसनमा ३८३८४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: