प्रवासी मञ्च जापान कान्तोले तीज भिडियो नृत्य प्रतियोगिता आयोजना गर्दै, प्रथम हुनेलाई ५० हजार

जापान । प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटीले तीज भिडियो नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रवासमा भएपनी कला र सस्कृतिको संरक्षण ,प्रवद्धन र प्रचार गर्दै स्वदेश तथा बिदेशमा रहेका समस्त नेपाली चेलीहरको क्षमता र लुकेर बसेका प्रतिभालाई प्रस्फुटित गर्न नेपाली महिलाहरुको महत्वपुर्ण पर्व हरितालिका तिजको अवसरमा एक कार्यक्रम गरिने भएको छ ।

प्रवासबाटै भए पनि बिभिन्न ठाउमा छरिएर रहेका महिला चेलिहरुको प्रतिभा, दक्षता ,क्षमता अभिबृद्धि गर्ने र आत्मवल बडाउने उदेश्यका साथ पहिलो पल्ट प्रवासी नेपाली मन्च जापान, कान्तो क्षेत्रीय समितिले अनलाईन भिडियो नृत्य प्रतियोगिता २०७८ आयोजना गर्न लागेको हो।

कार्यक्रमको लागि तपसिल नियम सहित समय तालिका र पुरस्कार राशी रहेको जानकारी कमिटिका सचिव मनोज श्रेष्ठले जानकारी दिनु भयो।

नियमहरू:-
१. यो प्रतियोगिता नेपाली चेलिहरुको लागि मात्र हुने छ।

२. प्रतियोगिले नृत्यको भिंडियों आयोजकको फ़ेसबुक पेजको Messenger पठाउनु पर्ने छ।

३.प्रतियोगि बाट प्राप्त भिडियो सोहि दिन आयोजकले आधिकारिक पेजमा अपलोड गर्ने छ।

४.प्रतियोगीको नृत्य भिडीयो एकल, तीजसंग सम्बन्धित हूनुपर्ने छ र सम्पादित ( छाँटकाट गरिएको ) भिडियो योग्य हूने छैन । ( टिकटक भिडियोलाई पनी मान्यता दिईने छ )

५.प्रतियोगीको नृत्यको भिडियो प्रवासी नेपाली मंच जापान,कान्तो क्षेत्रीय कमिटीको आधिकारिक फ़ेसबुक पेज (https://www.facebook.com/prawasikanto/ )
बाट हुने छ।

६.प्रतियोगीले तीज नृत्यको भिड़ीयो २०७८भाद्र ५ गते देखि २०७८भाद्र २४ गते नेपाली समय बेलुकी ८:०० बजे भित्र पठाईसक्नु पर्ने छ ।

७.प्रतिस्पर्धाको अन्तिम दिन २०७८भाद्र २६( नेपाली समय ८:०० बजे राती ) र नतीजा २०७८भाद्र २७गते घोषणा गरिने छ ।

उपाधि सम्वन्धि जानकारी:-
☀️”ONFJ कान्तो मल्टीमीडिया उपाधि २०७८ ”
( पेजमा अपलोड गरिएको प्रतियोगिको भिडियोमा सबै भन्दा धेरै लाइकको आधारमा एक जनालाई जापानी एन ५०,०००)
☀️ “ONFJ कान्तो उपाधि ”
५ जना लाई जापानी एन १०,००० का दरले( प्रतियोगीको नृत्य, कला, मौलिकता , भेषभूषा र अन्य बिशेषताको आधारमा आयोजक समितिको मूल्याकन कमीटीले घोषणा गर्ने )

👉पुरस्कार राशी संगै प्रमाणपत्र जापान र नेपालबाट मात्र हस्तान्तरण गरिने छ।

👉प्रतियोगिता सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार आयोजक कमिटीमा रहने कमिटिका अध्यक्ष बुद्धि राज घिमिरेले जानकारी दिनु को साथै यो प्रतिगितामा भाग लिन र सहयोग गर्न सम्पुर्ण महानुभावमा हार्दिक अपिल गर्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: