शुक्रबार, बैशाख १४, २०८१

कडा रूपमा नियन्त्रणका उपायहरु अवलम्बन गरिनुपर्छ : प्रधानमन्त्री सुगा

टोकियो । जापानमा कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण देशव्यापी निरन्तर वृद्धि हुने क्रम नरोकिएकोले महामारी नियन्त्रणका लागि आपतकालिन अवस्थालाई थप गरेको छ ।
जापानमा टोकियोसहत १३ क्षेत्रमा आपतकालीन अवस्था र १६ वटा प्रान्तमा अर्ध आपतकाल अवस्था लागु गर्ने बताएको छ ।
दुबै आपतकालिन अवस्था उपाय सेप्टेम्बर १२ सम्म जारी रहने छ ।
आपतकालिन जारी रहेका प्रान्तका अधिकारीहरुले रेष्टुरेन्ट र बारहरूमा रक्सी बिक्री वितरण गर्न,पिउन बन्द गर्न र शपिंग मलमा स्वास्थ्य मापदण्डका उपायहरू कडा रूपमा लागू गर्न आग्रह गर्नेछन् ।
प्रधानमन्त्री याशिहिदे सुगाले पत्रकार सम्मेलनमा कोरोना संक्रमणका बिरामीहरु बढ़ेसंगैको स्थितिलाई मध्यनजर गर्दै कडा रूपमा नियन्त्रणका उपायहरु अवलम्बन गरिनुपर्ने बाध्यात्मक परिस्थिति सहयोग पुर्याइदिनको लागि जनतासँग अनुरोध गरेका छन ।
सुगाले भने “यस्तो परिस्थितिको सृजना हुनु अत्यन्तै दुस् खद छ हामीले धेरै जापानीहरु र देशका अन्य मानिसहरुलाई ठूलो कठिनाई दियौं। तर दृढ संकल्प र नागरिकहरुको सहयोगमा हामीले यो संकटलाई पार लगाई छाड़ने छौ ।
चिकित्सा प्रणालीमा सुधार, संक्रमण रोकथाम र खोप अभियानलाई प्रभावकारी रूपमा संचालन गरि यी तीन आधारस्तम्भको सशक्त कार्य मार्फ़त कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण नियन्त्रणमा ल्याइने छ ।