जापानको सेन्दाईमा अध्ययनरत एक नेपाली युवाको निधन

जापान । अध्ययनका लागि दुई वर्षअघि जापानको सेन्दाई आएका एक नेपाली युवा सुतेकै अवस्थामा निधन भएको छ । नेपाल महेन्द्रनगर घर भएका कुवेर धामीको अगष्ट १४ तारिख शनिवारका दिन निधन भएको हो ।
१३ तारिख सँधै काम गर्दै आएको बेन्तो कम्पनीमा काम गरेर मध्यरात कोठामा सकुशल फर्किएका धामी करिव १ बजे सुतेको अबस्थामा निधन भएको सेन्दाईबाट छिरिङ शेर्पाले जानकारी दिनु भयो ।
सदा झैं बिहान ढिलोसम्म सुत्ने गरेका धामी शनिवार बिहान पनि निदाएको होला भनेर काममा गएका कोठाका अन्य दुईजना साथिहरु दिउँसो फर्कंदा समेत धामी सुतिरहेको पाएपछि झस्किएका थिए । आफुहरुले उठाउन खोज्दा हलचल नगरेपछि जीउ चिसो पाएर प्रहरीलाई खवर गरेको कोठामा बस्दै आएका साथिहरुको भनाई छ ।
प्रहरी आएर धामीको स्वास्थ्य लगायत अवस्था बारे चेक गरेर अस्पताल लगेपछि उनको पहिलेनै निधन भइसकेको पुष्टि भएको थियो ।
प्रहरीले धामीको शवको पोष्टमार्टमको काम भइरहेको बताएका छन ।
३१ बर्षिय धामी सन् २०१९ अप्रिलमा जापान प्रवेश गरेका थिए । धामी सेन्दाई स्थित खान्क्यु भाषा विद्यालयमा भाषा विद्यार्थीको रुपमा आएर हाल मारुची सन्मोन विद्यालयमा अध्ययनरत थिए ।

मृत्यु हुने धामीको बारेमा नेपाल स्थित परिवारलाई जानकारी गराइएको र पोष्टमार्टम लगायत प्रक्रिया सकिएपछि जापानमा नै दाहसंस्कार गरिने बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: