बिहिबार, बैशाख ०६, २०८१

कोरोना संक्रमणबाट ३० जनाको मृत्यु, १८८५ जना संक्रमणमुक्त

नेपालमा थप  ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारमा पीसीआर विधिबाट १० हजार ९०७ जनाको परीक्षण गर्दा ३ हजार ४८१  जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै एन्टिजेन विधिबाट ५७४९ जनाको परीक्षण गर्दा ८६५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बुधबार १८८५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै बुधबार थप ३० जनाको मत्यु भएको छ । काठमाडौ उपत्यकामा मात्रै  ९६४ जना संक्रमित थपिएका छन् । क्वारेन्टाइनमा ३९९ जना छन् भने आइसोलेसनमा ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।