कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु,२०२९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा आईतबार थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आईतबार ५५ जना संक्तमितको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ । यस्तै, आईतबार देशभर २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार १२ हजार ३७८ जनामा परीक्षण गरिएको थियो । अहिले कुल परीक्षणको २० दशमलव ५८ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाएको छ । यस्तै, आईतबार दुई हजार १९ जना कोरोनाका बिरामी निको भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ६९ हजार २९९ पुगेको मन्त्रालयले जनाएको छ ।  हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । क्वारेन्टाइनमा ४७५ जना रहेका छन् भने आइसोलेसनमा ३५ हजार ४८५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: