थप ३२१८ मा कोरोना संक्रमण,१९ को मृत्यु,१७२२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ३२१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७१२७४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६६७२७० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १००३८ पुगेको छ । क्वारेन्टाइनमा ४४३ जना रहेका छन् भने आइसोलेसनमा ३५४३२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: