शुक्रबार, बैशाख ०७, २०८१

मोना जापानको सिजुओका क्षेत्रीय समिति गठन, अध्यक्षमा तुल बहादुर

जापान । म्याग्दी प्रवासी नेपाली संघ जापान (मोना) ले क्षेत्र बिस्तार गर्ने क्रममा सिजुओका क्षेत्रीय समिति गठन गरेको छ । आइतबार त्यस क्षेत्रमा रहेका म्याग्देलीहरुको भेलाले नयाँ कार्य समिति चयन गरेको हो ।

म्याग्दीबाट जापानमा आइ विभिन्न ब्यावसायी, स्टुडेन लगाएथ क्षेत्र काम गर्ने म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ जापान ९मोना० रहेको संस्थाका महसचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

मोना जापानका केन्द्रिय कार्यसमितिका अध्यक्ष दीपक कार्कीको प्रमुख अतिथ्याता र क्षेत्रिय कार्यसमिति नागोयाका अध्यक्ष रुपेश चोचांगी पुन, एनआरएनए जापानका सचिव श्याम सितल श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न भेलाबाट सिजुओका क्षेत्रमा रहनुभएका म्याग्देलिहरुको कार्समितिमा निम्न ब्यक्तीहरु चयन गरिएको छ ।
अध्यक्ष तुल बहादुर चोचांगी, बरिष्ठ उपाध्यक्ष दिनेस पुन, उपाध्यक्ष करन बोगटी, सचिव बिशाल पुन, सहसचिव राहुल तिलिजा, कोषाध्यक्ष शुसिला फगामी, सह(कोषाध्यक्ष गीता गर्बुजा, सल्लाहकार टिका छन्त्याल,र सदस्यहरु निरोज पुर्जा, भिम गर्बुजा, धिरज् पुन, देबिन बुढाथोकी, मनोज पुर्जा, करिष्मा गर्बुजा, मिनु गर्बुजा, सोनी पुन, हर्क रोका मगर, काजी गुरुङ, सुधिर प्रधान, बिनोद घर्ति, सुशिल पाइजा चयन भएका छन ।

नयाँ कार्य समितिलाई म्याग्दी प्रवासी नेपाली संघ जापानका अध्यक्ष मदीपक कार्कीले सपथ ग्रहन गराएका थिए ।