बिहिबार, बैशाख १३, २०८१

जोन्सन एन्ड जोन्सन खोप अभियानको प्रधानमन्त्री देउवाद्धारा शुभारम्भ, ७७ वटै जिल्लामा लगाइँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् ।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त खोप केन्द्रको निरिक्षण समेत गर्दै भीडभाड नगरी खोप लगाउन निर्देशन दिए ।
स्वास्थ्य सचिव लक्ष्मण अर्याल र मन्त्रालयका अन्य पदाधिकारीलाई सँगै लिएर त्यहाँ पुगेका देउवाले खोप केन्द्रको उचित व्यवस्थापन गरेर खोप लगाउन निर्देशन दिए ।

जोरपाटीको उक्त खोप केन्द्रमा तिब्बती शरणार्थीले पनि खोप लगाउने जनाइएको छ । देउवाले वीर, पाटन, शिक्षण अस्पताल लगायतका अन्य खोप केन्द्रको समेत निरिक्षण गर्ने भएका छन् ।
मुलुकका ७७ वटै जिल्लामा आजदेखि जोन्सन खोप अभियान सुरु भएको छ ।