थप १८०१ मा कोरोना संक्रमण,२३ को मृत्यु,१६६७ जना संक्रमणमुक्त

 काठमाडौं । नेपालमा थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय २८ नमुनाको पीसिआर तथा एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार १०९ पुगेको छ ।

यस्तै, आईतबार सङ्क्रमणबाट १ हजार ६ सय ६७ जना निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ संक्रमित निको भइसकेका मन्त्रालयले जनाएको छ ।  सङ्क्रमणका कारण आज थप २३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ५ सय ५० पुगेको छ । क्वारेन्टाइनमा ३४० जना छन् भने आइसोलेसनमा २५४८५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: