जापानबाट संकलित सहयोग : र्यापर भिटेनमार्फत राहत सामग्री वितरण

 

जापान ।  सिन्धुपाल्चोकको हेलम्बु र त्यस आसपासको क्षेत्रमा गएको बाढि पहिरोले धेरै जनधनको क्षति भएको थियो।

पीडितलाई केही राहत होस भन्ने हेतुले पीडितको लागी एनआरएनए जापान कान्तोका निबर्तमान अध्यक्ष राकेश रुम्बा र निबर्तमान सहसचिब मनोज श्रेष्ठको पहलमा एनआरएनए,जापान कान्तो क्षेत्रीय  कमिटि र हाइजिमा युथ क्लब जापानको सहकार्यमा आफु नजिकको साथिभाईहरुबाट  जम्मा रकम २ लाख ५७ हजार ५ सय येन र नेपाली रकम २७३९८० साथै संकलित रकम नेपाल पठाएको थियो ।

अभियानमा सहयोग गरी सहभागि सम्पूर्णमा हार्दिक धन्यवाद सहित सम्पूर्ण संकलित रकम हामीले चर्चित र्यापर गायक भिटेन मार्फत समस्या ग्रस्त क्षेत्रमा गएर बास्तबिक पीडितलाई बितरण गरिएको राकेश रुम्बाले जानकारी दिनुभयो ।

काठमान्डौबाट गएको भिटेन सहितको टिमले हेलम्बु १ स्थित ५५  पीडित घर परिवारलाई अति आवश्यक चामल, कुकर,थाल,गिलास,कराई,चम्चा,सहित बाढिले बगाएको खाने पानी पाईपको पनि समस्या भएकोले पाईप पनि हस्तान्तरण गरिएको छ। साथै टोलीमा संगै गएकी रेशु तामांग द्वारा महिलाहरुको लागि  स्वास्थ्य सामाग्री पनि बितरण गरिएको थियो  ।

व्यवस्था स्थानिय युवा सुनिल दोंङ तामाङद्वारा गरिएको थियो । पिडितहरुबाट सहयोगी मन् हुने सम्पुर्णमा धेरै धेरै धन्यबाद् अर्पण गरेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: