नेपालमा थप ३७५० मा कोरोना पुष्टि,५२२५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप  ३७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१८२ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा ३७५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०४३९६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८३०५ पुगेको छ । क्वारेन्टाइनमा ५९४ जना छन् भने आइसोलेसनमा ७५२७५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: