शिजुओका युनाईटेड जापानद्वारा रबी लामिछाने फाउन्डेसनलाई ६ लाख ७४ हजार आर्थिक सहयोग

जापान । कोभिड १९ का बिरामीहरुको लागि पत्रकार रबि लमिछानेको नेतृत्वको  संचालित जनमैत्री अस्पातलका लागि जापानको शिजुओकामा रहेको नेपाली साझा संस्था शिजुओका युनाईटेड परिवारले आर्थिक सहयोग गरेको छ ।

नेपालीहरुको साझा संस्था शिजुओका युनाईटेड परिवारले विगतका दिनहरूमा पनि विभिन्न संघ संस्थाहरूलाई समय समयमा यस्तै सहयोग गर्दै आएको थियो ।अहिले जनमैत्री अस्पताल सन्चालन गर्नको लागि आर्थिक सहयोग अभियान चलाएको र छोटो समयमा नै धेरै भन्दा धेरै रकम संकलन गरेर जनमैत्री अस्पताललाई सहयोग गरेको हो ।

यसरी यस अभियानलाई विश्वाश गर्नु भै सहयोग गर्नु हुने सबै सहयोगी मन हरुलाई हृदय देखी नै संस्थाले धन्यवाद व्यक्त गरेको छ । गत सोमबारको दिन जापानी ६ लाख ४३ हजार ३ सय ७६ येन नेपाली ६ लाख ७४ हजार ४ सय २३ रूपैया आँफुहरूले रबी लामिछाने फाउन्डेसनमा पठाएको संस्थाका संयोजक रेशम डंगोलले जानकारी दिए ।

यस खालको सानो सहयोगले हाम्रो देश नेपाललाई थोरै भए पनि सहयोग पुग्ने छ र भोलीका दिनहरुमा पनि हामी शिजुओका युनाईटेड परिवारले नेपाली दाजुभाइ दिदी बहिनीहरुसँग हातेमालो गर्दै समृद्ध समाज निर्माण गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जाहेर गर्ने संयोजक डंगोल बताउँछन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: