बिहिबार, बैशाख ०३, २०८३

थप ४४७२ मा कोरोना संक्रमण,६९५१ जना संक्रमणमुक्त

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ सङ्क्रमित निको भएका छन् ।

आज १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा पिसिआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म निको हुनेको सङ्ख्या चार लाख ९७ हजार नौ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । अहिले कोरोना सङ्क्रमण निको हुने दर ८४ दशमलव २ प्रतिशत पुगेको छ ।