शनिबार, बैशाख ०८, २०८१

स्वार्थमा रुमलिएको एनआरएनए कोरिया

सृजना नेपाली एलिशा ।
अभावमा कुनै पनि कुराको महत्वबोध हुन्छ । त्यस कुराको महत्वले थप प्रेमभाव पैदा गर्दछ । प्रेममा भावुकता प्रकट हुन्छ । भावानामा मान्छेले तथ्य, तर्क, आवश्यकता र सान्दर्भिकतालाई खासै ख्याल गर्दैन । त्यसैले भनिएको होला माईति गाउँको कुकुर पनि प्यारो हुन्छ । सन्दर्भ गैह्र आवासिय नेपाली संघको हो । नेपालीहरु स्वदेशमा रोजगारी र अवसरको अभावमा जनसंख्याको ठुलो हिस्सा रोजगारिको खोजिमा संसार भरका बिभिन्न मुलुकमा छरिएर रहेका छन ।

यसरी रहने क्रममा फरक फरक मुलुकका फरक फरक यथार्थमा नेपालीहरु संगठित रहेको पाईन्छ । संगठित हुने यस क्रममा गैह्र आवासिय नेपाली संघको स्थापना भयो । यस संघको स्थापनाको निश्चित उद्धेश्य रहेको थियो । उद्देश्यहरु अनेक भए तापनि यसको मूल उद्देश्य भनेको मातृभुमिप्रतिको दायित्वबोधका रुपमा आफुले प्रवासनका क्रममा आर्जन गरेको पूंजि र बुझेको प्रबिधि मातृभुमिको बिकास र समृद्धिमा प्रयोग रहेको छ । यस क्रममा बिभिन्न मुलुकमा रहेका गैह्र आवासिय नेपालीहरुलाई एकताबद्ध गर्दै साझा प्रयास गर्ने हेतुले यस संघले सम्बन्धित देशहरुमा गैह्र आवासिय नेपाली संघ राष्ट्रिय कमिटि गठन गरि उद्देश्य अनुकुल गतिबिधि गराउने प्रयास गरेको पाईन्छ ।
यस क्रमा कतिपय राष्ट्रिय कमिटिहरु उद्देश्य पुरा गर्न सकारात्मक भुमिका खेले छन। देशमा प्राकृतिक बिपत्ति परेकाबेला हातेमाले गरेका थुप्रै उदहारणहरु छन। हरेक सकारात्मक कामका पछाडि केहि स्वार्थ समुह रहेको हुन्छन नै । संघलाई आफ्नो स्वार्थ पुरा गर्न दुरुपयोग गर्ने गरेका उदहारण पनि रहेका छन ।

यसै सन्दर्भमा ब्यक्तिगत अनुभवका आधारमा म आफु समेत प्रवासनमा रहेको मुलुक दक्षिण कोरियामा क्रियाशिल गैह्र आवासिय नेपाली संघ राष्ट्रिय कमिटिका बारेमा केहि अनुभवहरु बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ । सन २००६ मा संस्थापन भई क्रियाशिल यस राष्ट्रिय कमिटिका हाल सम्मका गतिबिधिहरु संघको उद्देश्यको कसिमा हेर्ने हो भने ुकाम कुरो एकातिर कुम्लो बोकि ठिमी तिरु भन्ने उखानलाई चरितार्थ गरेको पाईन्छ । बिशेषत यस एनआरएन दक्षिण कोरियाको गतिबिधिका बारेमा चर्चा गर्नु पुर्व यहाँ रहेका नेपालीहरुको स्ट्याटसका बारेमा जान्नु उचित हुन्छ । दक्षिण करियामा लगभग ५० हजारका संख्यामा नेपालीहरु रहेकोमा अधिकांश मजदुरका रुपमा रहेका छन । केहि मात्रामा बिद्यार्थी, पेशाकर्मी, बैवाहिक स्थानान्तरण तथा साना ब्यबसाईको रुपमा रहेका छन । यस मध्ये ब्यबसाय गर्ने उद्देश्यले कोरिया बसोबास गरिरहेको सानो संख्याको नेपालीहरुले ठुलो सख्यामा रहेको मजदुरहरुको नेतृत्व गरिरहेको छ। वास्तवमा संघको उद्देश्य परिपुर्ति गर्ने सकारात्मक ध्येयले नेतृत्व गरेको हुने थियो भने यस बिषयमा चर्चा गरिरहनु पर्ने थिएन। तर हाल सम्म त्यस्तो हुन सकेको छैन ।
एनआरएन कोरियाका हाल सम्मको नेतृत्व गर्नेहर अधिकांशको भुमिका आफ्नो स्वार्थ पुर्तिमै संघको प्रयोग गरेको पाईन्छ। उनीहरुको संघमा लिडरसिप गरेर कोरियाको कानुन अनुसार र नेपालको कानुन अनुसार पनि गैह्र कानुनि रहेको हुण्डि कारोबार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सञ्चालन गरेको कुरा कोरियामा रहेका नेपाली समुदायमा छिपिको बिषय होइन। यसर्थ मातृभुमिको आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यले गठित संघले अर्थतन्त्रमा गम्भिर चोट पुर्याउने गतिबिधिमा संलग्न हुनु गम्भिर अपराध हो । सघको उद्देश्यको संगति अनुसार संघलाई परिचालन गर्न स्स्थापकहरुको भुमिका महत्वपुर्ण हुन्छ । त्यस माथि संस्थापक अध्यक्षले त त्सको प्रतिनिधित्व मात्रै गरेको हुदैन कि संस्थापनका बेला सक्रिय अग्रसरता लिएको हुन्छ। यस्ता सामान्य बिषयलाई समेत नजर अन्दाज गर्दै आफ्ना निहित स्वार्थका खातिर संस्थागत अध्यक्षलाई समेत बाईपास गर्दै संघलाई एकलौटि गरिएको प्रष्ट देखिन्छ ।

त्यसै गरेर संघ आफै बलियो बन्न र नेपाल घर संञ्चालनका लागि गरिएका महामेलाका नामबाट संकलन गरिएको रकमको दुरुपयोग गरिएको बिषय कोरियन नेपाली समुदायमा निरन्तर उठिरहेको बिषय हो । यसमा तात्कालिन एनआरएन कोरियाको नेतृत्व र त्यस टिमले आर्थिक पारदर्शिता प्रदर्शन गर्न सकेको देखिदैन ।
प्रकृतिक बिपत्ति भुकम्प लगायतको बिषयमा नेपाली समुदायको सेन्टिमेन्टलाई प्रयोग गरि ठुलो रकम संकलन गरिएको त्यसलाई नितान्त ब्यक्तिगत र राजनीतिक रुपमा प्रयोग भएको तितो यथार्थ हाम्रो एनआरएन कोरियाका नेतृत्वले बिगतमा हामी माझ साझा गर्नु भएकै हो ।

साना ठुला यस्ता गैह्र कानुनि, आर्थिक अपचलनका घटनाबाट कोरियन नेपाली समुदाय एनआरएन कोरियन प्रति बिकर्षण मात्र होईन घृणा नै पैदा गरेको छ ।
यस्तै यस्तै कुरालाई बिचार गरेर हाल एनआरएन कोरियामा गैह्र ब्यबसायिक पृष्ठभुमिको ब्यक्तित्वलाई नेतृत्व सुम्पिएको हो । यो नेतृत्वले बिगतको कोरियन नेपाली समुदायले अनुभब गरेको घुणा भावलाई परिवर्न गर्न सक्यो वा सकेन ? संघको उद्देश्य पुरा गराउन मातृभुमिमा पुंजि र प्रबिधि भित्राउनु सहयोग गर्यो कि गरेन ? कि त कोरियाको कानुन अनुसार पास्चरले गर्न नपाउने मोबाईल कम्पनि लगायतका कम्पनिहरु सेटिङ्बाट सञ्चालन गर्ने गरि आगामी नेतृत्वमा कस्लाई ल्याउने र त्यसमा कसकस्ले सहयोग गर्छन उनीहरुको मात्र सदस्यता स्वीकार गर्ने गरि तयारि गरिएको हो ?
यि प्रश्नहरुको जवाफ छनौट वा स्वेच्छिक होईनन यिनीहरु अनिवार्य छन। समयमै बिषयहरुलाई स्पष्ट गरिएन भने हिजो सुधारका लागि मतदान गर्नेहरुको अपमान त हुनै न छ र भविश्यमा स्वयंको लागि समेत बिषयहरु गलपासो हनेछ। समयले सबै कुराको जवाफ त दिने नै छ ।

लेखक प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्ष हुनु हुन्छ ।