बिहिबार, बैशाख ०६, २०८१

संकटमा मातृभूमिलाई सहयोग गर्न प्रवासी नेपालीलाई पूर्व स्वास्थ्यमन्त्री अधिकारीको आग्रह

जापान । प्रवासी नेपालीहरुलाई मातृभूमिलाई परेको संकटमा सहयोग गर्न संघीय सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले आग्रह गर्नु भएको छ ।
प्रवासी नेपाली एकता मंच जापानले में १७ तारिख आइतबार साँझ गरेको भर्चुअल कार्यक्रममा नेकपा (एमाले) का स्वास्थ्य विभाग प्रमुख समेत रहनु भएका अधिकारीले सो कुरा राख्नु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री रहदा आफूले महाभूकम्पको समयमा धेरै काम गरेको स्मरण गराउदै नेता अधिकारीले यहि क्षेत्रमा दिनु भन्दिन तपाईहरुले बुझेर सहयोग गर्न आग्रह गर्नु भएको हो ।
पूर्वी एसियामा कोभिड-१९ को असर, नियंत्रणका प्रयास र नेपालले अपनाउनु पर्ने उपायको विषयमा जापानको अनुभव जिज्ञान कुमार थापा, दक्षिण कोरियाको अनुभव डा.देबी बस्नेत, हङकङबाट भक्त गुरुङ लगाएतले अनुभव सुनाउनु भएको थियो ।
सो कार्यक्रममा विभिन्न मुलुकको अनुभवलाई डा.राम गिरीले टिप्पणी गर्नु भएको थियो ।
विभिन्न मुलुकको अनुभव सुनेपछी नेपालले अहिलेसम्म गरेका कार्य र अहिले भईरहेको प्रयासको विषयमा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले विस्तृत रूपमा जानकारी गराउनु भयो ।
प्रवासी नेपाली एकता मंच जापानका अध्यक्ष सुरेश केसी अध्यक्षतामा भएको कार्यक्रममा प्रवासी नेपाली एकता मंचका अन्तरराष्ट्रीय कमिटीका अध्यक्ष भक्त गुरुङ लगाएत विभिन्न देशका प्रवासी नेताहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा कोरोनाको कहरमा परदेशबाट घरदेशको समस्यामा मलम लगाउन आर्थिक संकलन गरि पठाउने उदघोष संगै यूरोप क्षेत्रबाट मात्र १ करोड संकलन र अन्य देशबाट पनि आर्थिक संकलन गरिरहेको जानकारी गराउनु भएको छ ।

जापानबाट पनि तिब्र गतिमा सहयोग संकलन अहिले सम्म करिब ६ लाख येन भन्दा बढी संकलन भएको जनाएको छ ।