बिहिबार, बैशाख १३, २०८१

कोरोना महामारी कारण भारतबाट जापानी कम्पनीहरुले कर्मचारी देश फिर्ता बोलायो

टोकियो । भारतमा कोरोना भाइरस महामारी नियन्त्रण बाहिर गएको भन्दै ईण्डियामा रहेको जापानी कम्पनीहरुले आफ्ना कर्मचारी देश फिर्ता बोलाउन थालेका छन् ।

राजधानी नयाँ दिल्ली र अन्य ठूला शहरमा कोरोना संक्रमणको घटना बढ्ने क्रम रोकिएको जस्तो देखिए पनि ग्रामिण इलाकामा बढ्दो छ ।

ईण्डियामा कारोबार गर्दै आएका कयौं जापानी कम्पनीहरुले आफ्ना जापानी कर्मचारीहरुलाई देश फिर्ता बोलाएका छन् । केहिले भने घरमै बसेर काम गर्न लगाएका छन् । कोरोना संक्रमण नियन्त्रण उन्मुख नदेखिंदा परिवार सहित रहेका अधिकाशं कर्मचारीहरुलाई जापानी कम्पनीहरुले स्वास्थ्य सुरक्षाका कारण देश फिर्ता गरेका हुन् । स्वास्थ्य संस्थामाथिको दबाव बढ्दो क्रममा रहेको र स्वास्थ्य उपलब्धता कठिन रहेका कारण कर्मचारीहरु फिर्ता गर्नुपरेको कम्पनीहरुले बताएका छन् ।
जापान विदेश व्यापार संगठन अर्थात् जेट्राका अनुसार पछिल्लो बर्षसम्ममा ईण्डियामा १४ सय ५५ जापानी कम्पनी रहेका छन् । जसमा अधिकाशं व्यवस्थापकिय नेतृत्व जापानीहरुले गर्दै आएका छन् ।
संगठनले बताए अनुसार लगभग ८० प्रतिशत कम्पनीले आफ्ना कर्मचारी र उनिहरुको परिवारलाई जापान फिर्ता ल्याउने योजना अनुसार जापान झिकाइरहेका छन् ।