शुक्रबार, बैशाख ०७, २०८१

नेपालमा थप ८०४६ मा कोरोना संक्रमण, ५४५५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८०४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८०४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४७७०४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५४५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३३३१०८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८५६ पुगेको छ । क्वारेन्टाइनमा ६७५ जना छन् भने आइसोलेसनमा १०९७४० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।