बिहिबार, बैशाख ०६, २०८१

एनआरएनए जापानको पहलमा मातृभूमिको लागि आर्थिक संकलन अभियान, सहयोग गर्न अपिल

टोकियो । एनआरएनए जापानको पहलमा मातृभूमि नेपालको लागि कोभिड १९ संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान गठन भएको छ । विश्वव्यापी महामारीको रुपमा बढ्दै गैरहेको कोभिड १९ संक्रमणले नेपालमा पनि महामारीको रुप लिइरहेको सन्दर्भमा संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापनका लागि सहयोग जुटाउने उद्देश्यले समिति गठन गरिएको हो ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरे सँगै आर्थिक सहयोगको अपिल गरेको हो ।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा अप्रील ९ तारिखका दिन राजदूतावासमा एक बैठकको आयोजना गरि पछिल्लो समय नेपालमा अत्याधिक महामारीको रुपमा कोभिड १९ भाईरसले आक्रान्त बनाईरहेको अबस्थामा जापानबाट जति सक्दो चाडै उपचार सामान पठाउने उद्देश्यका साथ समिति गठन गरिएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालमा अहिले संक्रमित बिरामीको लागि अक्सिजन, लगाएतका उपचार सामाग्री र उपचारमा सहभागी स्वास्थ्यकर्मीका लागि सुरक्षा सामाग्रीहरुको एकदम कम भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सचिव स्तरीयको अनुरोधमा राजदूतावास एवं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान मार्फत सहयोग जुटाउनका लागि अभियान चलाईएको प्रवक्ता श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जापानबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरू लगाएत सम्पुर्ण संघ , संस्थाहरूलाई यस अभियानमा सहभागी भैई सम्पूर्ण नेपाली बुवा, आमा, दाजुभाई तथा दिदी, बहिनीहरूको जिवन रक्षाका लागि ऐक्यबदता जनाउन विज्ञप्तिद्धारा अनुरोध गरीएको छ ।
सहयोग गर्न इच्छुकहरुले एनआरएनए जापानको जेपी बैंकमा रहेको खाता नं 10070-95709701 मा सहयोग गर्न सकिने पनी जनाइएको छ ।