नेपाली नव बर्षमा गल्कोट स्पोर्ट क्लब जापानको भलिवल प्रतियोगिता

टोकियो,२४ माघ । गल्कोट स्पोर्ट्स क्लव टोकियोले आगामी में महिनाको १ तारिख टोडा सिटी स्पोर्ट्स सेन्टर टोडा साईतामामा तेस्रो मैत्रीपूर्ण रनिंग कप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लवले नेपाली नयाँ वर्ष पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताका लागि उपयुक्त स्पोर्ट्स सेन्टर अभावमा केही समय ढिला हुन गएको आयोजकले जनाएको छ ।

यस भन्दा पहिलाका प्रतियोगितामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने प्रतियोगी टीमलाई मात्र पुरस्कारको व्यवस्था गरे पनि यस वर्ष देखि तेस्रो स्थानमा रहेको टीमलाई समेत पुरस्कार दिने घोषणा गरेको छ साथै चार विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

जापानमा रहेका बिभिन्न संघ संस्थाहरुलाई टीम दर्ताका लागि अनुरोध गर्दै अप्रिल २५ तारिख सम्मको समय सिमा तोकेको छ । साथै उक्त दिन अन्य संघसंस्थालाई कुनै पनि कार्यक्रम तथा प्रतियोगिता नजुधाईदिन समेत गल्कोट स्पोर्ट्स कल्वका महासचिव लक्ष्मण कार्कीले सबैमा अनुरोध समेत गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: