नेपालमा थप ८४१८ मा कोरोना पुष्टि,५३ को मृत्यु,३३७० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ३१५ जनाको पीसीआर र ९८७ एन्टीजेन परीक्षणमा क्रमस ८२८७ र १३१ जना गरी ८ हजार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३३७० जना संक्रमणमुक्त भएका छ ।योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योस.गै मृतकको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।क्वारेन्टाइनमा ३९८ जना छन् भने आइसोलेसनमा ८३४९३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: