बिहिबार, बैशाख १३, २०८१

जापानी प्रधानमन्त्री सुगाको छलफल तिव्र, आपतकाल मे ३१ तारिखसम्म लम्बिने

टोकियो । जापानी प्रधानमन्त्री सुगा योशिहिदेले मुख्य मन्त्रिपरिषदका सदस्यहरूसँग भेटवार्ता गरेका छन् । आपतकालिन अवस्था लम्बन सक्ने अनुमानका बिच भएको भेटले मे महिना ३१ सम्म सम्भावना बढेको छ ।

जापानको प्रधानमन्त्री योशीहिदे सुगाले अगाडि बढ्नको लागि मन्त्रिपरिषद्का मन्त्रीहरूसँग भेट गरेपछि आपतकालिन विस्तारको सम्भावना बढेको हो ।

सुगाले स्वास्थ्य मन्त्री नोरिहिसा तामुरा, यातायात मन्त्री काजुयोशी अकाबा, मुख्य क्याबिनेट सचिव कात्सुनोबु कातो र मन्त्री यासुतोशी निशिमुरासँग बुधवार प्रधानमन्त्रीको सरकारी निवासमा छलफल गरेका हुन् ।

विज्ञहरूसँग परामर्श गरेपछि यस हप्ताभित्र आपतकालको अवस्था र अर्ध आपतकालीन स्थितिलाई के गर्ने भनेर म निर्णय गर्ने योजनामा ​​छुु बैठकपछि प्रधानमन्त्री सुगाले भने । घोषणाको प्रभावकारिताको बारेमा सोधिंदा प्रधानमन्त्रीले यो उपायले मानिसहरुको बाहिरि यात्रा घटाउन शुरु गरेको, जुन आपतकालीन लक्ष्यहरू मध्ये एक भएको बताएका छन् ।

हालको आपतकालिन अवस्था टोकियो, ओसाका, ह्योगो र क्योतो प्रान्तहरूमा आगामी मंगलबार समाप्त हुँदैछ । केन्द्रीय सरकारले औपचारिक रुपमा आगामी शुक्रबार आपतकाल थप गर्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । नयाँ संक्रामक भाइरसका घटनाहरुको वृद्धिलाई ध्यान दिंदा आपतकाल विस्तार अपरिहार्य देखिन्छ ।

प्रधानमन्त्री सुगाले संक्रामक रोग विशेषज्ञसँगको छलफलपछि देशमा आपतकालिन अवस्थालाई हटाउने कि के गर्ने भनेर निर्णय गर्न गाह्रो भइरहेकोु बताएका थिए । सरकारले नै गठित गरेको विज्ञ समितिका केही सदस्यहरुले यसअघिनै दुई साताको लागि घोषणा गरिएको आपतकाल छोटो अवधि भएको प्रतिक्रिया दिईसकेका छन् ।

विज्ञहरुले सरकारलाई आपतकालिन अवस्था विस्तार गरेर कम्तिमा मे महिना ३१ तारिखसम्म पुर्याउन सुझाव दिने विश्वास गरिएको छ ।

विहिबार टोकियो महानगरकी गभर्नर, साईतामा केनका गभर्नर,चिबा केनका गभर्नर र खानागावा केनका गभर्नर सम्मिलित अनलाईन बैठकले यि ४ वटै क्षेत्रमा हाल कायम आपतकाल कार्यन्वयन समय ११ तारिखबाट थप गरि यो महिनाको अन्त्यसम्म बनाउन अनुरोध गर्ने निर्णय गरि केन्द्र सरकार समक्ष अनुरोध गरेका छन् ।