टिकटकले ८ महिनापछि नयाँ प्रमुख कार्यकारी गर्यो नियुक्त

एजेन्सी । टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो ।

टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिना अगाडि प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश गरेका थिए । शोउजीसँग यसअघि चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर काम गरेको अनुभव छ ।

शोउजी सिइओ नियुक्त भएसँगै कम्पनीमा अन्तरिम प्रमुखको भूमिकामा रहेकी भ्यानेसा पाप्पाजलाई टिकटकको प्रमुख कार्यसञ्चालन अधिकृत अर्थात् सिओओको जिम्मेवारी दिइएको छ ।

टिकटकका नव नियुक्त प्रमुख कार्यकारी चेउ सिंगापुरका हुन् । उनी सिंगापुरस्थित टिकटक कार्यालयबाट काम गर्नेछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: