जापानमा कोरोनाका गम्भिर बिरामीको संख्या बढ्दो, ११ सय संक्रमितको अवस्था चिन्तजनक

टोकियो । कोरोना भाइरस कोभिड १९ संक्रमणका घटना बढ्दै जाँदा जापानमा गम्भिर बिरामीको संख्या बढ्दै गएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि गम्भीर लक्षण भएका कोरोना भाइरस बिरामीहरुको संख्या बुधवार १ हजार १ सय १४ पुगेको छ ।
यो अहिलेसम्मकै सर्वाधिक हो । मन्त्रालयका अनुसार पहिलो पटक देशमा कोरोना संक्रमण भएर चिन्तजनक अवस्थामा पुगेका बिरामीको संख्या ११ सय नाघेको छ ।
आंकडा अनुसार अघिल्लो दिनको तुलनामा बुधवार गम्भिर अवस्थामा पुग्ने बिरामीको संख्या ३१ जनाले बढेको छ ।

सोमबार यो संख्या १,०८४ रहेको थियो । जापानमा बुधवार ६० जना कोभिड १९ संक्रमित बिरामीको निधन भएको थियो भने ४ हजार ७१ जना संक्रमित भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: