शुक्रबार, बैशाख १४, २०८१

नेपालमा एकैदिन ५५ कोरोना संक्रमितको मृत्यु,७५८७ संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ७ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७७५ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २८७७९० पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ । क्वारेन्टाइनमा २५३ जना छन् भने आइसोलेसनमा ५९७९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।