शुक्रबार, बैशाख ०७, २०८१

नेपालमा थप ५७०६ मा कोरोना पुष्टि, १२८७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ५ हजार ७०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १४ हजार ९६९ जनाको नमूना परीक्षण गर्दा थप ५ हजार ७०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । त्यस्तै शनिबार थप १२ सय ८७ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ । क्वारेन्टाइनमा ६७ जना छन् भने आइसोलेसनमा ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।