उपत्यकामा २९५६ सहित ५७२७ मा कोरोना पुष्टि,३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ मासङ्क्रमण पुष्टि भएको हो । काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।

यस्तै, शुक्रबार ३३ जनाको मृत्यु भएसंगै मृतकको संख्या तीन हजार दुई सय ७९ पुगेको छ । यस्तै, ९ सय २८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय सङ्क्रमित छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: