बिहिबार, बैशाख ०६, २०८१

२२ जिल्लामा संक्रमणको अवस्था डरलाग्दो,अस्पतालमा शैय्या उपलब्ध गराउन सकिन्न:स्वास्थ्य मन्त्रालय

काठमाण्डौ । सरकारले कोरोना सङ्क्रमणबाट अति प्रभावित जिल्लाहरूमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ ।

शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अहिले कोरोना भाइरसको संक्रमण निकै उच्च गतिमा फैलिरहेको बताएको हो । २२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ।

सङ्क्रमणका विरामीका लागि अस्पतालमा शय्या उपलब्ध गराउनै नसक्ने अवस्था आएको र सङ्क्रमण डरलाग्दो गरी बढिरहेको भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ ।