आनाले अन्तर्राष्ट्रिय उडानहरुमा प्लास्टिकका भाँडा प्रयोग नगर्ने

टोकियो । अल निप्पोन एयरवेज कम्पनी आनाले वातावरण सुधार प्रयास स्वरुप अन्तर्राष्ट्रिय उडानहरुमा प्लास्टिकका भाँडा प्रयोग नगर्ने भएको छ । विशेषगरी यात्रुहरुलाई खाना दिंदा वातावरणमैत्री सामग्रीबाट बनाइएका वस्तुहरूको साथ अन्तर्राष्ट्रिय उडानहरूमा इकोनोमी क्लास खानाको लागि प्लास्टिकको ट्रे प्रतिस्थापन गर्ने छ ।

यो निर्णयसँगै आना जापानमा जैविक उत्पादनयोग्य सामग्रीबाट बनेको खानाको ट्रे परिचय गराउने जापानको पहिलो एयरलाइन्स हुनेछ । यसले वर्षमा ३० प्रतिशत प्लास्टिकबाट बनेका फोहोर कटौती गर्ने अपेक्षा गरेको छ । अर्थात् बार्षिक ३१७ टन प्लास्टिकको फोहोर घट्नेछ ।

आना एयरका एक अधिकारीले भने ‘प्लास्टिकको प्रयोगमा प्रतिबन्ध मुख्यत युरोपमा सुदृढ हुँदै गएको छ र हामी सक्रिय कदम चालेर आफ्नो तयारीलाई तीव्र पार्न चाहन्छौं ।’

खाना दिन प्रयोग गरिने ट्रे खेरगएका सामग्रीमा फाइबर मिसाएका वस्तुबाट बनाइने छ । कम्पनीले भने अनुसार यसका आन्तरिक उडानहरूमा हाल प्रयोगमा रहेको ट्रेलाई प्रयोग गर्ने नगर्नेबारे निर्णय भएको छैन ।

२०२० मा काठबाट बनेको कटलरी र बायोप्लास्टिकबाट बनाइएको स्ट्रे प्रयोगमा ल्याएको र फोहोर फाल्ने क्रममा उत्पन्न हुने हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्न प्लास्टिकको फोहोर घटाउन निरन्तर यसको प्रयोग घटाउने बताएको छ ।

प्रधानमन्त्री योशीहिदे सुगाले २०५० सम्म जापानले कार्बन डाईअक्साइड र अन्य तापपान उच्च बनाउने ग्यासको शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जापान सरकारले २०१३ को आर्थिक वर्षको स्तरको तुलनामा २०३० सम्म ग्रीन हाउस ग्यास उत्सर्जन ४६ प्रतिशत कम गर्ने लक्ष्य राखेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: