जापानमा कोरोना संक्रमितको संख्या ५ लाख ७७ हजार नाघ्यो,दैनिक ५ हजार थपिदैं

टोकियो । जापान कोरोना भाईरस दैनिक ५ हजार आसपास नयाँ बिरामी थपिंदै गएको छ । पछिल्लो समय जापानमा देशभर नै कोरोनाको सक्रिय संक्रमितको संख्यामा भारी बृद्धि भएको हो ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार जापानमा सक्रिय कोरोना भाइरसका बिरामीको संख्या ६७ हजार नाघेको छ । अप्रिल २७ तारिख देशभर करिव ५ हजार नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । तथ्यांक अनुसार मंगलबर ६३ जना कोरोनाका बिरामीले ज्यान गुमाउँदा ४९ सय ६६ नयाँ संक्रमण पुष्टि भएको छ ।

जापानमा कुल संक्रमितको संख्या ५ लाख ७७ हजार नाघ्दा ५ लाख ९ हजार व्यक्ति भने निको भएर डिस्चार्ज भइसकेका छन् । तथ्यांक अनुसार जापानमा हाल ६७ हजार २ सय ११ कोरोनाका सक्रिय बिरामी रहेका छन् । दुई महिनापछि जापानमा पुन: गम्भिर अवस्थामा पुगेका बिरामीको संख्या बढेर ९ सय नाघेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: