टोकियो। पूर्ण ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टीका श्रेष्ठले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहतका लागि २१ लाख जापानी येन सहयोग गर्नुभएको छ।
श्रेष्ठले आज सोमवार येहे रेमिटमार्फत प्रधानमन्त्रीको विपद् राहत कोषका लागि उक्त रकम पठाउनुभएको हो। श्रेष्ठले दिनु भएको जानकारी अनुसार १० लाख येन, १० लाख येन र १ लाख येन गरी जम्मा २१ लाख जापानी येन सहयोग गर्नुभएको छ। प्राप्त रेमिट्यान्स रसिदअनुसार उक्त रकम नेपाली रुपैयाँमा करिब १९ लाख ९५ हजार ५० रुपैयाँ बराबर प्राप्त हुने उल्लेख छ।
नेपाल सरकारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्रीको विपद् राहत कोषमा आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका व्यक्ति र संस्थासँग अपिल गरिरहेको छ।

